कतिमा भयो सुपरमाई हाइड्रोपावरको पहिलो कारोबार ?
१३ चैत, काठमाडाैं । प्रि ओपन सेसनमा सुपरमाई हाइड्रोपावर लिमिटेडकाे पहिलो कारोबार भएको छ। आज चैत १३ गते साेमबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे सेयर प्रतिकित्ता ३९१ रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीकाे सेयर गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीकाे आईपीओलाई पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रूपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे थियाे ।
प्रकाशित मिति : March 27, 2023 at 11:00 am









