५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

रोकिएन सेयर बजारको गिरावट, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१२ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २६.८७ अंकले घटेर १८८८.२७ बिन्दुमा बन्द भएकाे छ । आज २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ८ करोड ६२ लाख रुपैयाँ बढीकाे कारोबार भएको हाे । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आज माया खोला र एशियन हाईड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १५:१८