१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आइतबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

१२ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २६.८७ अंकले घटेर १८८८.२७ बिन्दुमा बन्द भएकाे छ । नेप्से घटेसँगै आज बाराेबार रकम पनि घटेकाे छ ।

आज १ अर्ब २८ करोड ९३ लाख बढीकाे कारोबार भएको छ । आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ८ करोड ६२ लाख रुपैयाँ बढीकाे कारोबार भएको हाे ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख, नेष्डो समृद्ध लघुवित्तको ७ करोड, नबिल बैंकको ३ करोड ४७ लाख र शिवम् सिमेन्ट्सको २ करोड ४५ लाख रुपैयाँबढीकाे कारोबार भएको छ ।

प्रकाशित मिति : March 26, 2023 at 3:12 pm