संसदमा सांसद् हरि ढकालको प्रश्नः लगानीकर्ताले कति रकम गुमाएपछि सेयर बजारमा सरकारले ध्यान दिने हो?
१२ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले सेयर बजारप्रति सरकारकाे ध्यान कहिले जाने हाे भन्दै प्रश्न गरेका छन् । सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरूले १४ खर्ब गुमाइसकेको भन्दै सांसद् ढकालले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले १९ महिनाको अवधिमा सेयर लगानीकर्ताले १४ खर्ब गुमाईसकेको उल्लेख गर्दै लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सेयर बजारप्रति ध्यान जाने हाे भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेर लगानीकर्ताले १४ खर्ब गुमाइसकेका छन्। अब कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो? लगानीकर्ताले अब कति रकम , कति लगानी गुमाउने पर्ने हो ?’
प्रकाशित मिति : March 26, 2023 at 2:57 pm









