२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट

९ चैत, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई आज चैत ९ गते बिहिबारदेखि एकिकृत कारोबार गरेका छन् । यी दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो ।

यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएको थियाे।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वर (हालको रिलायन्स लाइफको केन्द्रीय कार्यालय रहेको स्थान) मा रहने गरि एकिकृत कारोबार हुन लागेको हो । यी दुई कम्पनी १ः१ को अनुपातमा मर्ज भएका हुन् ।

प्रकाशित मिति : March 23, 2023 at 10:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/