२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालको लगातार दोस्रो जित

२० असोज, काठमाडाैँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हाँसिल गरेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो । यसअघि पनि नेपालले मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ दशमलव ३ बलमा एक सय रनमा अलआउट भएको थियो । मलेसियाविरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । म्यानमारविरुद्ध पनि उनले चार विकेट लिएका थिए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान पारस खड्काले १ विकेट लिए ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १४:५३