१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

छुट्ला है ! एक कम्पनीकाे ७.३६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ चैत, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते बुधबार अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीको भोलि चैत ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणभा चैत २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैं कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश गरी जम्मा ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : March 22, 2023 at 9:48 am