३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई धितोपत्र बोर्डले दियाे पूर्वस्वीकृति प्रदान

६ चैत, काठमाडाैं ।  स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूर्वस्वीकृति प्रदान गरेको छ।

 धितोपत्र बोर्डले यी दुवै कम्पनीलाई चैत ५ गते पत्र पठाउँदै धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।

यी दुई लघुवित्तबीच गत पुस १८ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो भने गत फागुन २८ गते नेपाल राष्ट्र बैंकले पनि यी कम्पनीको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपामा रहेको छ।

प्रकाशित मिति : March 20, 2023 at 12:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/