२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सांसद चयन गर्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

१ चैत, काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १६:०३