२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

स्वरोजगार र समता घरेलु लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको लागि सैद्धान्तिक सहमति

१ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले फागुन २८ गते यी दुई संस्थालाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

यी दुई लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा विभिन्न शर्तहरु सहित नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र मर्जरसम्बन्धी विनियमावली, २०७३ बमोजिम एकआपसमा गाभ्ने/गाभिने (मर्जर)को लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

दुवै संस्थाले राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले ३ महिनाभित्र आआफ्नो साधारणसभा डाकेर मर्जर प्रक्रियालाई स्वीकृत गर्नुपर्नेछ। त्यसपछि दुवै संस्थाले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन दिनुपर्नेछ।

अन्तिम स्वीकृतिका लागि निवेदन दिँदा दुवै संस्थाले एकीकृत पुँजीकोष अनुपात राष्ट्र बैंकको निर्देशनबमोजिम पर्याप्त हुनुपर्ने सर्त अगाडि सारिएको छ।

स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं. ५ काभ्रेपलाञ्चोकमा रहेको छ भने समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ७ काभ्रेपलाञ्चोकमा रहेको छ ।

प्रकाशित मिति : 11:00