मंगलबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
३० फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा सुधार देखिएकाे छ । निरन्तर ओरालाे लागेकाे बजार आज भने सामान्य अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा बन्द भएकाे छ । नेप्सेमा सुधार देखिए पनि कारोबार भने खासै बढ्न सकेको छैन । आज १ अर्ब १३ करोड ५९ लाख माथिको काराेबार भएकाे छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे यस दिन १० करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, नबिल बैंकको ३ करोड ४४ लाख रुपैयाँमाथि, शिवम् सिमेन्ट्सको ३ करोड १६ लाख, हिमालयन डिष्टिलरीको २ करोड ७७ लाख र हिमालयन बैंक लिमिटेडको २ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:१२












