२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेप्सेसँगै बढ्यो कारोबार रकम

२९ असोज, काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्लो ५ कारोबारकाे दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको छ।  बिहिबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य र लक्ष्मी उन्नती कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।

यस दिन कुमारी बैंकको सर्वाधिक काराेबार भएकाे छ। सो बैंकको यस दिन २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 15, 2026 at 3:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/