पत्रकार सम्मेलमै धुरु धुरु रुँदै पुर्वमन्त्री बद्री न्यौपानेले भनेः जरिबाना तिर्न सक्दिनँ
३० फागुन, काठमाडौं । पूर्व समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने, पत्रकार सम्मलेनमै धुरु धुरु रोएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भृकुटी मण्डपको जग्गा भाडामा दिने सम्बन्धमा विशेष अदालतले गरेको फैसाला प्रति असहमति राख्दै आफुले कुनै गल्ति नगरेको भन्दै धुरु धुरु रोएका हुन् ।
उनले भने ‘मेरो घर जग्गा हेरियोस्, बैंक व्यालेन्स हेरियोस्, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हेरियोस् केही पाइएमा आफु सजाय भोग्न तयार छु तर म देशभक्त नागरिक माथि किन यस्तो ?’ पत्रकार सम्मेलनमा उनले अदालतको आदेश कानून, प्रमाण अनुरुपनभई अन्यायपूर्ण र विबेक हिनभएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा उनी आफुले विगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोएका छन् । यसअघि विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचारमा प्रमुख दोषी ठहर गर्दै पूर्व समाज कल्याण मन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको थियो।

कैदसंगै उनलाई २ करोड रुपैयाँ बिगो र ४३ लाख रुपैयाँ जरिवाना समेत तोकेको छ। विशेष अदालतले फागुन १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो। समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र टेक बहादुर गुरुङसहितलाई मुद्दा दायर गरेको थियो।
विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिकातथा समाज कल्याण मन्त्री भएका थिए। न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाज कल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिना प्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनीजग्गा सस्तो भाउमा भाडामा लगाएको थियो।
प्रकाशित मिति : March 14, 2023 at 2:47 pm









