१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनआईबिएल एस क्यापिटलले घटायो डीपी शुल्क

३० फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड) को कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित ‘एनआईबिएल सहभागिता फण्ड’ को इकाइ कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क परिवर्तन गरिएको छ ।

क्यापिटलले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क २० रुपैयाँ घटाएको हो । क्यापिटलले अहिले लिदै आएको २५ रुपैयाँबाट घटाएर यस्तो शुल्क ५ रुपैयाँ बनाएको छ । परिवर्तन भएको शुल्क चैत १ गते बुधबारदेखि लागू हुने क्यापिटलले सूचना जारी गरेर जानकारी दिएको छ ।

सूचनामा भनिएको छ , ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाले हालसम्म लगानीकर्ताहरू तथा इकाईधनीहरूबाट प्रत्येक कारोबार बापत निक्षेप सदस्य शुल्क २५ रुपैयाँ लाग्ने व्यवस्था भइरहेकोमा सो शुल्क परिमार्जन गरी यहि मिति २०७९ साल चैत १ गतेदेखि लागु हुने गरी प्रति कारोबार निक्षेप सदस्य शुल्क (DP Fee ) ५ रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।’

प्रकाशित मिति : March 14, 2023 at 2:07 pm