१० असार २०८३, बुधबार | Thu Jun 25 2026

‘निर्मला हत्या प्रकरणः बम दिदीबहिनीले देखेका छन बलात्कारी, उनीहरूबाटै पत्ता लाग्छ हत्यारा’

१७ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा बम दिदीबहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने बताएका छन । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदीबहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरे।

बुधबार नेपाल प्रेस युनियन डडेलधुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै नेता बलायरले बम दिदीबहिनीहरुले मात्रै हत्यारा र बलात्कारीलाई देखेको दाबीसमेत गरे। ‘हत्यारा पत्ता लगाउन कहीं पनि जानु पर्दैन्, बम दिदीबहिनीहरुका माध्यमबाट हत्यारा पत्ता लाग्छ।’, उनले भने, ‘उनीहरुले हत्यारा देखेका छन्, बलात्कारी देखेका छन्, उनीहरुबाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन।’

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले बम दिदीबहिनीको बचाउ गर्नेगरी अभिव्यक्ति दिनुले पनि उनीहरुमाथि थप शंका लागेको उनको भनाइ थियो। पूर्वमन्त्री बलायरले सरकार नै बलात्कारीलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजिरहेको आरोप लगाए।

प्रकाशित मिति : October 3, 2018 at 10:01 pm