५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कुर्सी ठूलो होइन, काम ठूलो होः मन्त्री किराती

२८ फागुन, सर्लाही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन्।

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।’

उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए। जनताको प्रगति नै मुलुकको उन्नति हो भन्दै उनले त्यसका लागि पर्यटन व्यवसाय पहिलो शर्त भएको बताए।

प्रकाशित मिति : 19:15