२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

शान्ति सम्झौताएमालेको सहमति जुट्न नसकेर अड्किएको गुरुङको भनाई

२८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुद्दा कोर्टसम्म पुगेपछि बृहत शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताएका छन् । माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइ सकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट नै समाधान गर्नु पर्ने बताएका हुन् ।

उनले भने, रेगुलर कोर्टको माध्यमबाट सङक्रमणकालीन कोर्टको माध्यमबाट सत्य निरुपण तथा मेलमिलाप आयोगबाट यसको समाधान खोज्नुपर्छ टुंग्याउनुपर्छ सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रक्रियाबाट अघि बढ्नुको साटोमा गलत बाटो गएको शान्ति सम्झौता भंग हुने त होईन भन्ने चिन्ता छ ।’

संसदमा विधेयक पुगे पनि एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको कारण सदनमा गएर पनि अड्केको गुरुङले आरोप लगाए ।
उनले भने ‘अदालतले आदेश गरे अनुसार विद्येक सदनमा पुगेको छ तर पटक पटक दलहरुको बीच सहमति नभई शान्ति सम्झौता अघि बढ्न सकेन र यसमा लगातार जे जति अहिलेम्म अवरोध भयो नेकपा एमालेको नेतृत्वले यसलाई टुङ्ग्याउन नकारात्कम भूमिका रहँदै आयो पछिल्लो समय र विद्येक पारीत हुन यो प्रक्रिया पुरा गर्न दलहरुको सहमति नजुटेको विशेष गरी नेकपाएमालेको सहमति जुटन नसकेकोले अड्किरहयो । ’

प्रकाशित मिति : March 12, 2023 at 4:22 pm