काठमाडौँको गोठाटारमा स्कुलबाट घर फर्किंदै गरेका बालककाे अपहरण
१७ असाेज, काठमाडौँ । काठमाडौँको गोठाटारमा स्कुलबाट घर फर्किँदै गरेका बालककाे अपहरण भएकाे छ । उनी ७/८ वर्ष उमेरका रहेको प्रहरीले प्रारम्भिक जानकारी पाएको बताएको छ।
बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ। खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ।

बच्चाको नाम खुलेको छैन। उनलाई स्थानीय तेज विनायक स्कुलबाट घर फर्किंदै गर्दा तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ। बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले बताएको छ।
प्रकाशित मिति : October 3, 2018 at 3:14 pm







