२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नियम तोडेर जितेको कुरा स्थायी हुँदैन्ः अध्यक्ष ओली

२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, नियम तोडेर जितेको कुरा स्थायी नहुने टिप्पणी गरेका छन् ।

नेपाल खेलकुद महासंघका नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उनले, निमय तोडेर हुने चलखेलले समस्या बढेको बताए ।

‘आज सपथ व्यवहार गर्नको लागि हो । सपथ आजकल कर्मकाण्ड जस्तो भएको छ। पार्टीको सपथ लिन्छन् र पार्टी विपरित कार्यहरु गर्छन् । नियम ताडेर जितेको कुरा अस्थाई हुन्छन् स्थायी हुँदैनन् । चलखेल गरेर कहीं पुग्दैनौं हामी खेल मात्र खेल्छौं। चल र खेल मिलेर अर्कै शब्द बन्छ ।’

जीवन जीउनको लागि खेल खेल्न आवश्यक भएको भन्दै उनले विधि र प्रकृया भन्दै प्रतिकृयावादीको पछि लागेर दुई तिहाईको सरकार बिगारेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १५:१८