२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

इगो साध्ने होइन शान्ति प्रक्रिया टुङ्ग्याउने समय होः अध्यक्ष नेपाल

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शान्ति प्रक्रिया टुङ्ग्याउनु दलहरुको मुख्य जिम्मेवारी हुनुपर्ने बताएका छन् ।

राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले एकले अर्कालाई सजाय दिने भन्दा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने समय भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा असम्भव भएका काम गरेर देखाएको उनको दाबी छ । उनले भने ‘मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु। काम गर्ने असर र आँटिला मान्छेहरू पनि यस धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छ।अहिले एकले अर्कालाई सजाय दिने दण्ड दिने भन्दा पनि यसलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार आधारमा नै टुंगो लगाउनुपर्छ। ’

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १४:२६