२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

यू–१९ एशिया कप क्रिकेटः समूह चरणको अन्तिम खेलमा नेपालको पहिलो जीत

१७ असोज, काठमाडाैँ । नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध जीत निकालेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई तीन विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

युएईले दिएको २६९ रनको लक्ष्य नेपालले पाँच बल खेल्न बाँकी छँदा सात विकेटको क्षतिमा पार ग¥यो । नेपालको जितमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको योगदान गरेका थिए ।

file photo

त्यस्तै रसिद खानले नटआउट २७, सन्दीप जोराले ६७, आसिफ शेखले ३५ र रित गौतमले १८ रन जोडे । यसअघि बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

दुवै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०६:४१