लघुवित्तका समस्याबारे अध्ययन गर्न राष्ट्र बैंकले गठन गर्यो उच्चस्तरीय समिति
२२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याहरूको पहिचान तथा समाधान गर्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु सदस्य छन् ।
समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ११:२२












