२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्ड देशको हितमा बोल्न नसक्ने कायर हुनः महासचिव पोखरेल

२१ फागुन, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डलाई कायर प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् ।
२४ औं यदु स्मृति दिवस तथा २१ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधनगर्दै उनले देशको स्वाधीनता, साम्राज्यवाद र सामन्तवाद विरोधी आन्दोलनको नेतृत्व गर्ने व्यक्ति आज मुलुकको पक्षमा उभिन नसकेको भन्दै अर्को आलोचना गरे ।

प्रधानमन्त्री प्रचण्डलाई उग्रवामपन्थी र अतिवादले कायर बनाएको हुनाले देशको र जनताको पक्षमा बोल्न नसकेको उनको आरोप छ ।
उनले भने ‘एउटा क्रान्तिकारी जसले देशको स्वाधीनता, साम्राज्यवाद सामन्तवाद विरोधी आन्दोलनको नेतृत्व ग¥र्यो आज मुलुकको बारेमा फैसला गर्नुपर्दा उभिन सक्ने अवस्थामा छैन् ।

उग्रवामपन्थी अतिवादका कारणले गर्दा उ यति कायर बनेको छ कि उसले देशको र जनताको पक्षमा बोल्न सक्दैन । नेतृत्व प्राप्त छ तर सही बाटोमा डोहोर्याउँने सामर्थ्य छैन् । विगतमा लिएको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ । कुनै पनि आन्दोलन सही हुन्थ्यो भने कुनै पनि नेता कायर हुने थिएन ।’

उनले देश र जनताको पक्षमा उभिँदा नेकपा एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भएको जिकिर गरे । उनले भने ‘राष्ट्रिय हितलाई असर पार्ने प्रकारको शक्ति राष्ट्रको होडबाजीमा सरकार सामेल हुन खोज्ने त्यसका विरुद्ध नेकपा एमालेले अडान दिन पर्ने जे परिस्थिति उत्पन्न भयो नेकपा एमाले माथि यतिबेला चौतर्फी घेराबन्दी र आक्रमण भएको छ देश र जनताको पक्षमा उभिदाँ ।’

उनले पाँच दलिय गठबन्धन असफल भए पश्चात मुलुकलाई जोगाउन नेकपा एमालेले माओवादी केन्द्रसँग एकताको पहल गरेको समेत जिकिर गरे । तर प्रचण्डले जनताले रुचाएको शासन गर्न नचाहेको उनको तर्क छ । ‘प्रचण्डले देशको हितको यो कदम बोक्न सकेन जनताले रुचाएको शासन गर्न चाहनु भएन उहाँ असफल भएको गठबन्धन पुन गठन गर्न लाग्नु भयो ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १६:२६