१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

बिपिडब्लु लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

१९ फागुन, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेकाे छ । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा मागभन्दा ६ लाख बढीको आवेदन परेको हाे ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः३३ बजेसम्ममा कम्पनीकाे आईपीओमा ६ लाख २२ हजार ७२० जना आवेदकबाट ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको ६९ लाख ३६ हजार ३० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको भन्दा ८५.६८ गुणा बढी हाे ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको ८० हजार ९५० कित्ता सेयर मात्रै वितरण हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले फागुन २३ गतेसम्म मात्रै न्युनतम १० कित्तादेखि १ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रकाशित मिति : 15:20