१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

१५ अर्ब ४ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१९ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले फागुन २१ गते आइतबार १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।केन्द्रीय बैंकले फागुन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल चैत २१ गते परिपक्व हुनेछन्।

बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँकाे  ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० वैशाख जेठ २३ गते परिपक्व हुनेछन्। साथै बैंकले १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० भदौ १९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ११:४६