२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सशस्त्र प्रहरीद्वारा गाँजा बोकेको स्कार्पियो नियन्त्रणमा, चालक फरार

१६ फागुन, काठमाडाैं । सशस्त्र प्रहरीले गाँजा बोकेको स्कार्पियो नियन्त्रणमा लिएकाे छ । सुनसरीको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित गाडी नियन्त्रणमा लिएको हाे ।

भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएकाे सशस्त्रका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले दैनिकीलाई जानकारी दिए ।

सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १६:३१