१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

सांग्रिला डेभलपमेन्ट बैंकले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

१६ फागुन, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बाेलाएकाे छ । फागुन १५ गते साेमबार बसेकाे कम्पनी सञ्चालक समितिको बैंठकले गरेकाे निर्णग अनुसार कम्पनीकाे १८ औँ वार्षिक साधारणसभा चैत १७ गते बस्ने छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजीकाे ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै, सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १३:०४