५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई बुझाए राजीनामा

१५ फागुन, काठमाडाैं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेबाट मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, कृषि मन्त्री ज्वालाकुमारी शाह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।

प्रकाशित मिति : 15:53