९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

१५ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज फागुन १५ गते सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले फागुन १६ गते बिक्री गर्ने २८, ९१ र ३६४ दिने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो ।

कूल ट्रेजरी मध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ ।

याे ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल २०८० वैशाख जेठ १६ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ। याे ट्रेजरी बिल २०८० फागुन १५ गते परिपक्व हुनेछन्।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : February 27, 2023 at 12:19 pm