२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

१४ असोज, काठमाडाैँ । मार्सल आर्टको विभिन्न विधाहरु मध्ये मुवाँ थाई पनि एक हो । यो नयाँ किसिमको एउटा खेल हो। पछिल्लो समयमा यसको क्रेज बढिरहेकै छ ।

गत साता काठमाडौको गोकर्णेश्वरमा मुवाँ थाई खुल्ला च्याम्पियनसीप सम्पन्न भएको छ। उपत्यकाको २० डोजो को सहभागिता रहेको मुवाँ थाईमा दुर्इ सय भन्दा बढी खेलाडी सहभागी भएका थिए ।

शेर्पा म्याक्स डोजो मुवाँ थाई च्याम्पियन बन्यो । प्रतियोगितामा कोटेश्वरको MMA क्लब दोस्रो भयो । अर्को एक विधामा कोटेश्वरकै MMA मुवाँ थाई क्लबले तृतीय स्थान हात पार्‍यो ।

यसको चौतर्फी क्रेज बढिरहेको कोटेश्वर MMA क्ल्बका बिजी शाहले बताएका छन । यसलाई अब देशब्यापी रुपमा अघि बढाईने मुवाँ थाईका  गुरु सन्तोष घलानले बताए।

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार २२:४०