११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

१३ अर्ब २३ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

५ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनकाे अवधिकाे लागि ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ७ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल भदाै ५ गते परिपक्क हुनेछ ।

यी ट्रेजरी बिल फागुन ८ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर फागुन १० गते, बुधबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १५:५१