१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

रिमाललार्इ भट्टरार्इको जवाफः सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन !

१३ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेताले भागवण्डाको माग गर्दै पार्टी भित्र गुटबन्दी तीब्र बनाएपछि उनैलार्इ लक्षित गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अोलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेको टिप्पणीको अर्का नेता योगेश भट्टरार्इले जवाफ दिएका छन ।

ट्ववीटरमा रिमालले दिएको टिप्पणाीलार्इ लक्षित गर्दै स्थायी समितिका सदस्य समेत रहेका नेता भट्टरार्इले सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन भन्दै व्यंगात्मक टिप्पणी गरेका छन । उनले लेखेका छन “शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !”

&


प्रधानमन्त्रीसँगै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका रिमालले माधव नेपालले चियापानको नाममा गुटको भेला गरेको समाचार पढेपछि अाफ्नो ट्वीटरमा लेखेका थिए  “मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन शुरू गरिन्छ !” रिमालले सीधै माधव नेपालको नाम नलिए पनि उनले माधव नेपालको चियापानका निम्ति नै यो लेखेको हो भनेर बुझ्न कठिन थिएन त्यसलार्इ योगेश भट्टरार्इको ट्वीटले समेत पुष्टि गरेको छ ।

प्रकाशित मिति : September 29, 2018 at 9:50 pm