३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

मलेसियामा नेपाली श्रमिकका लागि चार महिनादेखि रोकिएको रोजगारी खुल्ने, यस्तो भयो सहमति

१२ असोज, काठमाडाैँ । मलेसियामा नेपाली श्रमिकका लागि चार महिनादेखि रोकिएको रोजगारी खुल्ने निश्चित भएको छ। नेपाल र  मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेपछि  रोजगारी खुल्ने निश्चित भएको हो ।

मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता र कम्पनीले नै व्यहोर्ने गरी सहमति जुटेको मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलले बताए । दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको छलफलमा यस्तो सहमति जुटेको हाे।

नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीहरूबीच छलफल भएको थियो। नेपाल र मलेसिया दुई पक्षले आ–आफ्नो तर्फबाट तयारी पूरा गरेपछि कुटनीतिक माध्यमबाट मस्यौदामा हस्ताक्षर गर्ने मिति तय हुनेछ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार २०:२३