३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

प्राइम बैंकको सुपर प्राइम समस्याः एटिएम सेवामा चरम लापरवाही, ग्राहकलार्इ तनावै तनाव

–पवित्रा मुडभरी

१२ असोज, काठमाडाैँ । प्राइम कर्मसियल बैंकको विभिन्न समस्या मध्येकाे एउटा प्रमुख समस्या हो एटिम मेसिन । शुक्रबार र विदाका दिनमा प्राइममा ग्राहकले एटिमको सेवा नपाएको धेरै भयो । केही क्षेत्र अर्थात बालाजु बाइपास, नेपालटार र बागबजारको प्राइम बैंकको एडिएम मेसिन शुक्रबारको दिन दिउँसैदेखि बिग्रिन्छ एक पटक हैन पटक पटक ।

ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गर्छन तर शाखाले बनाउँदै छाैँ भन्छन र नियमित रूपमा अाइतबार मात्रै बन्छ । ग्राहकलार्इ अाकर्षित गर्नकै निम्ति अनेक स्किमहरू ल्याउने बैंकहरूले अाफ्ना ग्राहकहरूलार्इ भने सेवामा सन्तुष्टि दिन सकिरहेका छैनन् । जसका कारण धेरै रकम बचत र कारोबार नगर्ने ग्राहकरू पनि एक भन्दा बढी बैंकमा थाेरैथोरै कारोबार गर्न बाध्य रहेका छन ।

शुक्रबार अोखलढुंगाकी तुलसी न्याैपाने बजारमा सामान किन्न निस्केकी रहेछिन उनले बाागबजारको प्राइम बैंकको एटिम मेसिनबाट पैसा झिक्न खोजिन तर मेसिन बिग्रिएकोले मर्मत हुँदै छ भन्ने सूचना पढेर मेसिनबाट बाहिरिइन । त्यसपछि पारीपटी एनअाइसी एसिया बैंकको मेसिनमा गइन त्यहाँ पनि ताल्चा लागेको रहेछ । त्यसपछि पुनः फर्केर प्राइमको एटिएम छेउमा पुगेकी न्याैपाने पैसा लिन्छन सेवा दिन जान्दैनन् भन्दै दुखेसो पोख्दै थिइन ।

२४ सै घण्टा चल्ने एटिएम मेसिन भने पनि प्राइम बैंकका एटिएम मेसिन खुल्दा र चल्दामात्र २४ घण्टाको भएको छ । न्याैपानेमात्र होइन प्राइम बैंकले एटिएम सेवामा गरेको लापरवाहीका कारण धेरै ग्राहले अर्को बैंकको मेसिन प्रयोग गरी हरेक कारोबारमा ३० रूपैयाँ त्यसै गुमान बाध्य भएका छन । हामीले समस्याको बारेमा प्राइम बैंकको केन्द्रीय कार्यालयमा फोन गरेका थियाैँ तर त्यहाँको फोन रिसिभ नै भएन ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १७:३७