१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

कहिलेसम्म कायम सेयरधनीले पाउछन् महिला लघुवित्तले वितरण गर्ने बम्पर लाभांश ?

२२ माघ, काठमाडाैं । महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीकाे माघ २० गते शुक्रबार बसेकाे सञ्चालक समितिको बैठकले आफ्नो पाँचौँ वार्षिक साधारणसभा फागुन २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्ट भ्युटार मार्गमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। साथै, सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने,गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ११:३२