१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सेयरधनीहरूलाई बोनसमा लाग्ने कर जम्मा गर्न किसान लघुवित्तको आग्रह

२० माघ, काठमाडाैं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनश सेयरमा लाग्ने कर बुझाउन आग्रह गरेको हो ।

कम्पनीले २०७७ साल असोज १६ गतेदेखि २०७९ जेठ १९ गतेसम्म सेयर खरीद गरी कायम भएका रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

प्रकाशित मिति : February 3, 2023 at 9:26 am