१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

संसद बैठकमा नजाने अधिकांश कांग्रेसका सांसद, अनुपस्थितिमा देउवा तेस्रो (सूचीसहित)

१२ असोज, काठमाडाैँ । संसद बैठकमा कम सहभागी हुनेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले कीर्तिमान कायम गरेका छन । प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा ७९ वटा बैठक बसेकोमा १० वटा भन्दा बढी बैठकमा अनुपस्थित ३१ जना सांसद मध्ये कांग्रेसकै १४ जना सांसद रहेका छन ।

जसमा सभापति शेरबहादुर देउवा लगायतका रहेका छन । सभापति देउवा नै ३२ बैठकमा अनुपस्थित रहेका छन । कांग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका पदमनारायण चाैधरीले संसदमा अनुपस्थित हुनेमा देउवालार्इ समेत उछिनेका छन उनी ७९ मध्येको ३३ बैठकमा अनुपस्थित रहेका छन ।

फाइल तस्बीर ।

सभामुख कृष्णबहादुर महराले सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका १४, नेकपाका ८, फोरमका ५ र राजपाका ४ जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन । ७९ बैठकमा सबैभन्दा बढी अनुपस्थित हुनेमा फोरमका सुर्यनारायण श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनी ३९ वटा बैठकमा अनुपस्थित भएका छन् ।

सभामुख महराले सार्वजिनक गरेको बिबरण

–फोरमका सुर्यनारायण यादव ३९
–कांग्रेस पदम नारायाण चौधरी ३३
–कांग्रेस शेरबहादुर देउवा ३२
–राजपा प्रमोद साह २८
–कांग्रेस अभिषेक प्रताप शाह २६
–नेकपा सत्या पहाडी २४
–कांग्रेस उमाकान्त चौधरी २२
–कांग्रेस नागेन्द्रकुमार २२
–नेकपा पुष्पकमल दाहाल २१
–कांग्रेस किशोर सिंह राठोर १९
–फोरम राम बाबु यादव १९
–कांग्रेस जिपछिरिङ लामा १८
–कांग्रेस उमेश श्रेष्ठ १८
–कांग्रेस बिनोद चौधरी १८
–कांग्रेस सितादेवी यादव १८
–नेकपा सुरेशचन्द्र दास १८
–नेकपा गोपाल बहादुर बम १६
–फोरम सरिता गिरि १५
–फोरम रुहि नाज १५
–नेकपा शिबकुमार मण्डल १५
–नेकपा बिमला बिक १४
–कांग्रेस देवेन्द्र राज कडेल १३
–नेकपा अमनलाल मोदी १२
–कांग्रेस उमा रेग्मी १२
–फोरम निरजला राउत ११
–राजपा सरदसिंह भण्डारी ११
–कांग्रेस सिताराम महत्तो ११
–राजपा अनिल कुमार झा १०
–कांग्रेस शशांक कोइराला १०
–नेकपा सुरेन्द्रकुमार कार्की १०
–राजपा दुलारीदेवी खत्वेनी १०

प्रकाशित मिति : September 28, 2018 at 12:05 am