३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

माछापुच्छ्रे बैंककाे इलाम र म्याग्दीमा २ शाखारहित बैकिङ सेवा सुरू

११ असाेज, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राखु भगवतीमा थप २ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २९ शाखारहित बैकिङ सेवा सूचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २९ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १७ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १९:१९