२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

सिभिल लघुवित्तद्धारा लाभांश घोषणा, बोनस शेयर र नगद लाभांश कति ?

१५ माघ, काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

माघ १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बेठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : January 29, 2023 at 11:28 am