राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचय पत्र वितरण सुरु गर्ने
११ असोज, काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरेको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगको जानकारी दिएकाे छ ।
पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिने बताइएको छ । त्यसलगत्तै यो आर्थिक वर्षभित्र १५ जिल्लामा परिचयपत्र वितरण गर्ने लक्ष्य गृह मन्त्रालयले लिएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए । मेशिनले २४ घण्टामा १० हजार प्रति परिचयपत्र छाप्न सक्ने उनले जनाए ।
प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १६:५४