१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

२ कम्पनीले घोषणा गरे लाभांश, कुनकाे बाेनस र नगद कति ?

१२ माघ, काठमाडाैं । विभिन्न २ कम्पनीहरूले लाभांश घाेषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।

१) सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घाेषणा गरेकाे छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले  उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

२) स्वाभिमान लघुवित्त

स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित मिति : January 26, 2023 at 10:23 am