७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

निफ्राको खुद नाफा ७३.२७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

६ माघ, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्राे त्रैमाससम्म आइपुग्दा बैंकले ६० करोड ४१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७३.२७ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ८६ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

याे असधिमा निफ्राको सञ्चालन मुनाफा पनि ७३.०९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ६३ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ९ करोड रुपैयाँ भएको छ।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ४९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा निफ्राले ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ०९ पैसा, प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ ।

प्रकाशित मिति : January 20, 2023 at 9:30 am