२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः राजेन्द्र लिङ्देन

५ माघ, काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् ।

उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले भने, ‘संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे भएकोले उहाँलाई निर्वाचित गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १३:०२