२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफः विधि, पद्धतीअनुसार अघि बढ्छौं

५ माघ, काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । प्रतिनिधि सभाको बिहीबार सभामुख चयनका लागि भएको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन् ।

बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए । सांसद खतिवडालेउठाएको प्रश्नको जवाफ दिदै लामिछानेले भने , ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’

गृहमन्त्री लामिछानेले गृहको कामलाई कसैले पनि प्रभावित नगर्न आग्रह गरेका छन्। उनले भने, ‘यसलाई प्रभावित पार्न कुनै किसिमको दबाब र प्रभाव आउने छैन । विधि र पद्धतिभन्दा बाहिर जाँदैनौँ। कानुन र नियम पालना गर्छौँ भन्ने हो। म यसमा प्रतिवद्ध रहेको सबैलाई आग्रह गर्छु।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १२:३३