तपाईंको खातामा आयो त एनआरएन इन्फ्रास्ट्रक्चरकाे ५.२६ प्रतिशत नगद लाभांश ?
५ माघ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण सुरु गरेको छ ।
कम्पनीको पुस २० गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई जम्मा ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही लाभांश डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।
प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १२:१९












