५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

पाेखरामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या, छिमेकी पक्राउ

१० असाेज,पाेखरा । पाेखरामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या भएकाे छ । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) काे बलात्कारपछि हत्या भएकाे हाे । सोमबार साँझदेखि हराएकी श्रेया बिस्कुट किन्न पसल गएकी थिईन् तर उनी मंगलबार बिहानै  झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिइन् ।

बलात्कार गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको बताएको छ ।

२७ बर्षिय कुशुम पौडेलले बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेका छन् । तर उनले बलात्कार गरेको भने अझै स्विकार गरेका छैनन् । हत्या आरोपमा पक्राउ परेका पौडेल दिनहुँजसो रक्सी पिउँथे । कहिलेकाही गाँजा समेत खाने गरेको छिमेकी बताउँछन् । पाैडेल बाहिरबाट अाएर त्यहाँ बसेका हुन् ।

सोमबार पनि उनी रक्सी र गाँजाले मातेर घर आउँदै थिए । बाटाेमा श्रेयालाई भेटे । त्यसपछि उनलाई बोलाएर पौडेलले १० रुपैयाँ दिए । त्यही मौकामा उनले श्रेयालाई समात्न लाग्दा श्रेया चिच्याईन् । चर्को आवाज आएपछि पौडेलले श्रेयाको घाँटी थिचे र झाडितिर फालिदिए । बोल्न नसक्ने भएपछि त्यही मौकामा पौडेलले श्रेयाको बालात्कार गरे । अरुलाई थाहा हुने डरले ढुंगाले हानेर श्रेयाको हत्या गरे ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १२:४९