५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

६२.३३ प्रतिशतले बढ्याे आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?


५ माघ, काठमाडाैं । आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेकाे छ ।

लघुवित्तले सार्वजनिक गरेकाे विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफाकमाएकाेछ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६२.३३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीको ब्याज आम्दानी ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६२.८८ प्रतिशतले बढेर ११ करोड ३४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले ५ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ । कम्पनीले लिएको सापटी ५ अर्ब ३२ करोड रहेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ । त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियों) ३०.९७ गुणा रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०९:२४