६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

देवराज घिमिरेलाई सभामुख बनाउने एमालेको निर्णय

४ पुस, काठमाडौँ । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा आज घिमिरेले उम्मेदवारी मनोनयन गर्ने एमालेले जनाएको छ । झापा २ बाट प्रतिनिधिसभामा विजयी भएका घिमिरे एमालेमा अवसर नपाउने पुराना नेताको सूचीमा अग्रपंक्तिमा रहेका व्यक्ति हुन ।

एमाले स्थायी कमिटी सदस्य रहेका घिमिरे २०४९ मा भएको एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । घिमिरे पूर्व राष्ट्रियसभा सदस्य पनि हुन ।

एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागेका हुन् ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ । सत्ता सठबन्धनका दलहरूको बीचमा प्रधानमन्त्री र सभामुख २ वर्ष ६ महिनाको आलोपालो गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : January 18, 2023 at 11:04 am