२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेप्सेले गर्याे ३ कम्पनीकाे काराेबार फुकुवा, बुधबारबाट किनबेच गर्न सकिने

३ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले साल्ट ट्रेडिङ, महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। धितोपत्र सूचीकरण विनियमावलीविपरीतको कार्य गरेको भन्दै नेप्सेले साल्ट ट्रेडिङ पुस २८ गतेदेखि र महिला तथा महुली लघुवित्तको पुस २६ गतेदेखि सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

यी ३ वटै कम्पनीले अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेका हुनाले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै यी कम्पनीको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

कारोबार फुकुवासँगै भोलि बुधबारबाट यी कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १६:१२