१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

तपाईं सेयर किन्ने साेचमा हुनुहुन्छ ? यी लघुवित्तकाे सेयर किन्दा पाउन सकिन्छ लाभांश


-प्रतिमा ढुंगाना

४ माघ, काठमाडौं । के तपाई सेयर किन्ने साेचमा हुनुहुन्छ ? सेयर किनेकाे केही दिनमा नै लाभांश पाउन चाहानुहुन्छ ? यसाे हाे भने तपाईहरूले सेयर किन्दा कुन कम्पनीले लाभांश घाेषणा गरेसँगै बुकक्लोज गर्न बाँकी छन् ती कुराकाे जानकारी लिनु पर्ने हुन्छ । हाल २५ वटा लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घाेषणा गरेका छन् ।

ती मध्ये करिब आधा दर्जन लघुवित्तले मात्रै साधारणसभा गरिसकेका छन् । अरूले साभारण सभा गर्न बाँकी रहेकाे छ । लाभांश घाेषणा गरेका लघुवित्त कम्पनीमध्ये ९ वटाको बुकक्लोज भइसकेको छ भने १६ वटाको बुकक्लोज हुन बाँकी छ । कुनै पनि कम्पनीकाे लाभांश पाउनका लागि कम्पनीले बुकक्लोज गर्नुभन्दा अगाडि नै सेयर किन्नु पर्ने छ ।

हालसम्म इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, सर्पोर्ट लघुवित्तले ११.५७८९ प्रतिशत, मिथिला लघुवित्तले १५.७८९५ प्रतिशत, नयाँ सारथी लघुवित्तले २० प्रतिशत ,स्वाबलम्बन लघुवित्तले २१.०५ प्रतिशत, छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन ।

यस्तै एनएमबि लघुवित्तले १०.५२६३ प्रतिशत, डिप्रोक्स लघुवित्तले २१.०५२६ प्रतिशत, स्वरोजगार लघुवित्तले २३.१५७९ प्रतिशत, माहुली लघुवित्तले २५ प्रतिशत, महिला लघुवित्तले ५० प्रतिशत, निर्धान उत्थान लघुवित्तले २० प्रतिशत, आँधीखोला लघुवित्तले ३१.५८ प्रतिशत, सिवाइसी नेपाल लघुवित्त ३१.५८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

साथै, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत, साधन लघुवित्तले २० प्रतिशत, मिरमिरे लघुवित्तले २३ प्रतिशत, नेरुड लघुवित्तले २३.१५७९ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत, फरवार्ड लघुवित्तले ३० प्रतिशत, गुँरास लघुवित्तले ४.२१०५ प्रतिशत, आरएमडीसी लघुवित्तले २७.३६८४ प्रतिशत, साना किसान विकास लघुवित्तले २७.३६८४ प्रतिशत, आरएसडीसी लघुवित्तले ११ प्रतिशत, जालपा सामुदायिक लघुवित्त लघुवित्तले ७६.८४२१ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लाभांश प्रस्ताव गरेका लघुवित्तहरुमध्ये इन्फिनिटी, सर्पोर्ट, नयाँ सारथी, मिथिला, स्वाबलम्बन, छिमेक, एनएमबि, स्वरोजगार, डिप्रोक्स, माहुली, महिला, निर्धान उत्थान, नेरुड, फष्र्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको बुकक्लोज हुन बाँकी छ । अन्यको भने बुकक्लोज भइसकेको छ ।

बुकक्लोज हुन बाँकी कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुकक्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुकक्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउने व्यवस्था छ । बुकक्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश पाउनका लागि अर्काे वर्षसम्म कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०९:५५